न्यूयोर्क नेपाली समाज (रिजउड नेपाली समाज), अमेरिका
निर्वाचन समिति
कार्यसमिति निर्वाचन २०२६–२०२९
निर्विरोध निर्वाचित भएको सम्बन्धी सूचना

न्यूयोर्क नेपाली समाज (रिजउड नेपाली समाज), अमेरिकाको कार्यसमिति (२०२६–२०२९) निर्वाचनका लागि प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार मिति जुलाई २५, २०२६, शनिवार निर्वाचन समितिको कार्यालयमा तपसिलमा उल्लिखित पदहरूमा उम्मेदवारी दर्ता गराउनुभएका सम्पूर्ण उम्मेदवारहरूका सम्बन्धमा कुनै दाबी, विरोध वा आपत्ति भएमा मिति जुलाई २६, २०२६, आइतवार, दिउँसो १:०० बजेदेखि ५:०० बजेसम्म निर्वाचन समितिको कार्यालयमा उपस्थित भई दाबी, विरोध वा उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको थियो।

तोकिएको अवधिभर कुनै पनि दाबी, विरोध वा उजुरी प्राप्त नभएकाले, मिति जुलाई २५, २०२६, शनिवार तपसिलमा उल्लिखित पदहरूमा उम्मेदवारी दर्ता गराउनुभएका सम्पूर्ण उम्मेदवारहरूलाई न्यूयोर्क नेपाली समाज (रिजउड नेपाली समाज), अमेरिका कार्यसमिति (२०२६–२०२९) का लागि निर्विरोध निर्वाचित भएको घोषणा गरिन्छ।

निर्विरोध निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। संस्थाको संस्थागत विकास, एकता, प्रगति र समृद्धिका लागि यहाँहरूको अतुलनीय योगदान रहने अपेक्षा गर्दछौँ।
साथै, निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यूहरू तथा संस्थाका सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

निर्वाचन समिति
न्यूयोर्क नेपाली समाज (रिजउड नेपाली समाज), अमेरिका
निर्वाचन समिति (२०२६–२०२९)